सरकार बहुमतको आडमा अराजक बन्यो : कांग्रेस नेता गगन थापा

सरोज खनाल
माडी,१२ माघ 

सरकारले बहुमतको आडमा अराजकता प्रस्तुत गरेको नेपाली कांग्रेसका नेता गगन थापाले आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस माडी नगर समितीले माडी न.पा. ६ रामराज्यपुर स्थित स्व.कर्ण ब. घर्ती स्मृति प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सवै पक्षलाई समेट्न सरकार असफल रहेको बताउनुभयो ।

पारित भएको चिकित्सा शिक्षा विधेयकले आमनेपालीको चाहनालाइ समेट्न नसक्ने उहांको भनाई छ । दुई तिहाइको बलमा कम्युनिष्ट सरकारले हैकमवादी शैली अपनाएको भन्दै नेता थापाले अब कांग्रेसले सदनमा मात्रै नभई सडकबाट पनि लडाइँ लड्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पुर्व सभापतिहरु टेक प्र. गुरुंग , शेषनाथ अधिकारी , टिकाराम न्यौपाने, क्षेत्रीय सभापति लालबहादुर दवाडी लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस्तै आजै कार्यक्रममा वि.सं.२०३६ सालमा पन्चायती सरकारको दमनमा परेका माडीका नेता तथा कार्यकर्ताहरुलाई पनि सम्मान गरिएको छ ।

ताजा अपडेट