नारायणगढको कमलनगरमा रहेका मासु पसलहरुमा अनुगमन

चितवन, ४ असार :

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले नारायणगढको कमलनगरमा रहेका मासु पसलहरुमा अनुगमन गरेको छ ।

कमलनगरका सबै मासु पसलहरुमा अनुगमन गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले जानकारी दिनुभयो । कार्यालय प्रमुख राउतका अनुसार कमलनगरमा रहेको संयुक्त वधगृह (पशुहरु काटमार गर्ने ठाँउ) लाई बन्द गरिएको छ । अनुगमनका क्रममा सबै जसो मासु पसलहरु फोहोर रहेको भेटिएको छ ।

गुणस्तरिय मासु बेच्न र सुरक्षाको ख्याल राख्न समेत निर्देशन दिईएको छ । “ खसि झुण्डाउनको लागी प्रयोग गरिएको हुट समेत खिया लागेको भेटिएकाले जफत गरेका छौ ।,” उहाँले भन्नुभयो,“ सबै पसलको अनुगमन प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएका छौँ ।”

शेयर गरौ

ताजा अपडेट