चितवन, १२ माघ । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले मेला प्रदर्शनीले पर्यटनसंगै आर्थिक गतिविधि बढाउने बताउनु भएको छ ।
चितवनको भरतपुरमा आयोजना भएको कृषि प्रर्दशनीको अवलोकन गर्दै उहाले प्रदर्शनीले आर्थिक गतिविधि मात्र नभइ पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने बताउनु भयो । उहाले भन्नु भयो ‘चितवनमा भएको कृषि प्रदर्शनीले जिल्लाका मात्र नभइ बाहिरका व्यक्ति आउनु भएको छ, यसले पर्यटन प्रवद्र्धन गर्न मद्दत गर्दछ ’ उहाले भन्नु भयो ‘कृषिलाई उत्पादनसंग जोडेर उद्योगको रुपमा विकास गर्नु पर्दछ जसले गर्दा आम्दानी वढ्न सक्छ ।’
नेपाल कृषि प्रधान देश भएर पनि कृषि उत्पादनका क्षेत्रमा हेर्न आउने पर्यटकको सख्या वढाउन नसकेको उहाले बताउनु भयो । इजरायलमा तरकारी खेती र अन्य कृषि सम्वन्धी राम्रो प्रगती भएको कारण हेर्न जाने पर्यटको सख्या बढेको छ उहाले भन्नु भयो अब नेपालमा पनि यहाँ राखिएको प्रदर्शनीको फाइदा लिएर उत्पादनलाई बढाउनु पर्दछ ।
उत्पादन वढाउनाले यहाँको आर्थिक अवस्था मजवुद हुदै जाने गर्दछ जसले गर्दा कृषि कर्ममा लाग्नेहरु आकर्शीत हुनेछन् । उहाले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि प्रविधिको प्रयोग आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले भन्नु भयो कृषिलाई प्रदेश सरकारले प्रथामिकतामा राखेको छ ।
भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने मन्त्री नेपालले बताउनु भयो । प्रदेशकै महत्वपूर्ण प्रदर्शनी स्थल भएको भन्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले सहयोग गर्न अपिल गर्नु भएको थियो । निजि क्षेत्रको अगुवाइमा अन्र्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणाधिन रहेको छ । अझैपनि सो केन्द्रमा निर्माणको काम जारी रहेकाले आर्थिक सहयोग गर्नको लागि अनुरोध गर्नु भएको थियो ।
मन्त्रीको अवलोकनमा प्रदेश सांसद विजय सुवेदी, रामलाल महतो पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, चितवन उद्योग संघका पदाधिकारीहरु सहभागी हुनु भएको थियो ।
भोलीसम्म चल्ने प्रर्दशनीमा नेपाल, भारत, चीनलगायतका विभिन्न १८ देशका कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहेका छन् । प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिंचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, कृषि सम्वन्धी सानादेखि ठुलासम्म उपकरणको प्रदर्शनी राखिएको थियो । प्रदर्शनी स्थलबाट सामग्रीको विक्री वितरणको पनि व्यवस्था गरिएको छ ।