काठमाडौं ३ असार :
गृहमन्त्री रामबहादुर थापाले प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा भएका ७ डीआईजीलाई बोलाएर प्रतिवन्धित समूहको गतिविधि नियन्त्रणमा लिन निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित प्रदेश प्रहरी प्रमुखहरुलाई थापाले नेत्रविक्रम चन्द समूहसहित विखण्डनवादीको गतिविधि निगरानीमा राखी सचेर भएर काम गर्न निर्देशन दिनुभएको हो ।
राजावादीका गतिविधि पनि निगरानीमा राख्न उहाँले प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
गत शनिबार गृहले प्रदेश १ मा ठाकुरप्रसाद ज्ञवाली, २ मा प्रद्युम्न कार्की, ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद शर्मा घिमिरे, ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा गरेको थियो ।


