हरेक घरमा संबिधान पुर्याउन सरकारलाई कानुन सभापति पोखरेलको आग्रह( भिडीयो सहित )

चितवन समाचार डटकम , २ असार ।

कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संबिधानलाई हरेक घरमा पु¥याउनु पर्ने धारणा राख्नुभएको छ ।
प्रतिनीधि सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बार्षिक बिकास कार्यक्रम माथिको छलफलमा सहभागी हुदैं सभापति पोखरेलले एक घर एक संबिधानको अभियान चलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
पोखरेलले भन्नुभयो ‘लाखौ जनताले अभिमत दिए, ती सुझाव संवोधन भए वा भएनन् जनताको घरमा हामीले केही पत्र पठाएनौ । साउथ अफ्रिका लगायतका मुलुकमा यस्को अभ्यास रहेछ । प्रत्येक धुरीमा संबिधान पु¥याउने संकल्प गरौं ।’

संबिधान कानुनका बिषयमा जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । फौजदारी र देवयानी संहितामा सारा परिवर्तन भएका छन् जीवनमै रुपान्तरण गरेका छन् । यसका बारेमा घरघरमा जागरण गराउन जरुरत रहेको पोखरेलले बताउनुभयो ।
हाल यसकालागी बजेट नभएपनि आगामी बजेटमा ख्याल पु¥याउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
न्याय क्षेत्रमा आगामी दिनमा बजेट बढाउन पनि पोखरेलले माग गर्नुभयो ।
त्यसैगरी भुमी ब्यवस्थापन सहकारी तथा गरिवी निवारण मन्त्रालयको बिकास कार्यक्रमको छलफलमा सहभागी हुदैं साँसद पोखरेलले भुमीहीनहरुलाई लालपुर्जा बितरण गर्ने कार्यमा अव ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट