चितवन, माघ १२ । सरकारले तय गरेकाे पर्यटकीय गन्तव्यकाे सुचीमा परेकाे चितवनकाे पटिहानिमा पत्रकार महिलाकाेे राष्ट्रिय सम्मेलन हुन लागेकाेमा स्थानीय अगुवाले खुसी व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिकाे अायाेजनामा यहि माघ १६ र १७ गते पत्रकार महिलाकाेे राष्ट्रिय सम्मेलन पटिहानिमा हुदैछ । यही सन्दर्भमा शनिवार पत्रकार महासङ्घ चितवन सङ्गकाे अन्तरक्रियामा स्थानीय अगुवाले सम्मेलनले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रदेश सभाका साम्सद रामलाल महताेले पटिहानिलाइ पर्यटकिय हवका रुपमा विकास गर्न लागिएको र यहाँको सम्भाव्यतालाई मध्यनजर गर्दै सरकारले नयाँ गन्तव्यका रुपमा पहिचान गरेकाे बताउनुभयाे । देशभरका पत्रकारकाे उपस्थिति हुने कुराले अाफुहरु उत्साहित वनेकाे महताेले वताउनुभयाे ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर २२ का अध्यक्ष विष्णुराज महताेले सम्मेलनलाइ सभ्य र व्यवस्थित वनाउन पुर्ण सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयाे ।
वडाले हाल करिव ३ कराेडकाे लागतमा निर्माण गरिरहेका नमुना पार्क ( अम्व्रेला स्टिट) नदि किनारमा सम्मेलनकाे मञ्च तयार भैरहेेकालेे यसकाे प्रचारप्रसारमा थप टेवा पुग्नेमा अाशावादि रहेकाे बताउनुभयो ।
पर्यटन विकास समिति पटिहानिका अध्यक्ष खेम भट्टले पछिल्लाे समय यहाँको पर्यटन विकास तिव्रतर वनेकाे जनाउँदै पत्रकारको राष्ट्रिय सम्मेलनले पटिहानिकाे पहिचान अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यहरु कृष्ण गिरि, सृजना अर्याल , जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, सचिव तिर्थ नेपाल र काेषाध्यक्ष प्रकाश ज्ञवालिले सम्मेलन सफलताकाे लागि स्थानीयले देखाएको सद्भावकाे सर्हाना गर्नुभएको थियोे ।