लोकसेवाको पछिल्लो बिज्ञापनको विरोधमा चितवनमा प्रदर्शन

अमिर रामदाम
चितवन समाचार डटकम, २ असार ।

लोकसेवा आयोगको पछिल्लो विज्ञापनलाई लिएर चितवनमा प्रदर्शन भएको छ ।

आयोगले जारी गरेको बिज्ञापन समावेशीता र समानुपातिकता बिपरित भएको भन्दै जिल्लाका दलित समुदायले आज भरतपुरमा प्रदर्शन गरेका हुन् । प्रदर्शन पछि उनीहरुले स्थानीय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समत पठाएका छन् ।

“सम्पूर्ण दलित, उत्पीडित, मधेशी, महिला, मुस्लिम,अल्पसंख्यक समुदाय जाति एक हौ” भन्ने नारा सहित प्लेकार्ड र झण्डा लिएर दलित अगुवाहरु ठुलो सहभागीताका साथ ¥याली गरेका थिए ।
विरोध ¥याली हाकिमचोक हुँदै जिल्ला प्रशासन कार्यालय आएर सभामा परिणत भई समापन भएको थियो । विरोध ¥यालीमा लोकसेवा आयोगद्वारा जारी गरिएको विज्ञापन खारेज गर, समतामूलक सहभागीता आजको आवश्यकता, जातिय विभेद अन्त्य होस लगायतको नारा सहितको प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ बुँदे ज्ञापनपत्र बुझाइएको थियो । सो ज्ञापनपत्र नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचाल र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय नेता खेम दर्जीले संयुक्त रूपमा प्रजिअ बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले यथाशिघ्र दलित समुदायहरूको माग सम्बोधनका लागि यो ज्ञापन पत्र आज नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंमा पठाउने समेत जानकारी दिनुभयो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवन, नेपाल दलित मुक्ति मोर्चा चितवन, विश्वकर्मा सेवा समाज चितवन, परियार सेवा समाज चितवन, नेपाल मिजार गुठी समाज चितवन, दलित समाज सेवा क्लब चितवन, संयुक्त दलित युवा समाज चितवको संयुक्त आयोजनामा वृहद विरोध ¥याली निकालिएको थियो ।

शेयर गरौ

ताजा अपडेट