पर्यटन व्यवसायबाट आम्दानी गर्दै ठोरीका स्थानीय

ठोरी ,१२ माघ :

पर्साको ठोरीमा पर्यटकको सख्या बढेपछि होमस्टे सञ्चालनबाट स्थानीयले आम्दानी गर्न थालेका छन् ।

यहाँका पर्यटकीय स्थानमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका थिए । घरको वातावरणमा राखेर खान र वस्न दिएपछि त्यहाँबाट भएको आम्दानीले काम गर्न सहज भएको स्थानीय प्रेम तामाङले बताउनु भयो । ‘यहाँ आएका पर्यटकलाई तामाङको भेषभुसा र सस्कृति देखाएर मनोरञ्जन दिने गरेका छौ, यसले गर्दा पर्यटकहरु रमाएका छन्’ उहाले भन्नु भयो ‘ हाम्रो सस्कृति हेर्नकै लागि आउने पर्यटक पनि छन्, उनीहरु होटलमा भन्दा होमस्टेमा बस्न मन पराउछन् ।’ यहाँ आएका पर्यटकले यसरी सस्कृति देखाउदा त्यसबाट पैसा आम्दानी समेत भएको स्थानीय सुनिता लामाले भन्नु भयो ।

हाम्रो सस्कृति अरुको लागि रमाइलो हुदो रहेछ, हाम्रा नाच पहिरन प्रदर्शन गर्दा पैसा दिने गर्दछन् त्यसले हाम्रो दैनिकी चलेको छ उहाले भन्नु भयो । ठोरी गाउपालिकाको वडा नं १ र २ मा दुइदर्जन होमस्टे सञ्चालनमा छ । मगर समुदायले पनि होमस्टे संचालन गरेका छन् । ठोरी गाँउपालिकामा पहिलो पटक वडा नं ५ सुर्वणपुरमा होमस्टे संचालनमा आएको थियो । अहिले त्यँहा चितवन, मकवानपुर, रौतहटलगायत भारतको विभिन्न ठाँउबाट पर्यटकहरु आउन थालेका छन् । यसैगरि ठोरी गाँउपालिका वडा नं २ मा पनि होमस्टे संचालनमा आउदैछ ।

रानीवन, राईधारा, रातो पहाड, अमृतधारा, वन शक्ति मन्दिर, शिद्धेश्वर मन्दिर, कृष्ण मन्दिरलगायतका पर्यटकीय गन्तव्य वडा नं २ मा रहेको छ । स्थानीय आर्थिक विकासमा सवल र सक्षम बनाउनका लागि वडा कार्यलयहरुबाट पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको ठोरी गाँउपालिका वडा नं २ का वडा अध्यक्ष किशोर तमाङले बताउनु भयो ।

पर्यटन विकासबाट नै देश समृद्ध हुने भन्दै वडामा पर्यटकीय गतिविधि संचालन गर्ने छौ अध्यक्ष तमाङले भन्नु भयो ।  यहाँ आहिले तामाङ, मगर समुदायले होमस्टे सञ्चालनमा ल्याएका छन् ।

ताजा अपडेट