चितवन समाचार डटकम, १ असार ।
चितवन जिल्लाको दुई छुट्टाछुटै स्थानमा आज दुईजना मृत फेला परेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्वर १५ फुलवारीमा आज अपरान्ह एकजना वृद्ध मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
फुलवारीमा भरतपुर महानगरपालिका वडा नम्वर ३ बेलचोक निवासी अन्दाजी ८० बर्षिय रामप्रसाद तिवारी सडकमा मृत फेला परेका हुन् ।
तिवारीको शव पोष्टमार्टमका लागी अहिले भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कालिका नगरपालिका वडा नम्वर ८ न्युरेनी मा आज साँझ पौने ७ बजे बर्ष ३२ को एक युवा मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय दुर्गावहादुर चेपाङ सडक छेउमा ढलेको प्रहरीको भनाई छ । अत्यधिक मदिरा सेवनले उनको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।


