प्रधानमन्त्री ओली स्वदेश फिर्ता

भरतपुर,  १२ माघ :

विश्व आर्थिक मञ्चको ४९औँ बैठकमा भाग लिन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् ।

उनी शनिबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन् । प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा दुई वटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आइतबार स्वीट्जरल्याण्ड गएको थियो ।

ताजा अपडेट