गैडाकोट ३२ जेठ ।
गैँडाकोट नगर क्षेत्रको समग्र विकासका सन्र्दभलाई लिएर नगरप्रमुख छत्रराज पौडेलले पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको छ।प्रचण्डपुत्री समेत रहनुभएकी भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको निवासमा शनिवार विहान भएको भेटका अवसरमा गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरको विकासका लागि थप पहल र समन्वय गरिदिन अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभएको होे ।लामो समयदेखि भृकुटी कागज कारखाना बन्द रहेको भन्दै मेयर पौडेलले त्यसलाई राज्यले आफ्नो मातहतमा ल्याउनुपर्ने र पिडित मजदुरहरुको तलव उपलव्ध गराउन पहल गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ ।त्यसैगरी पूर्वपश्चिम राजमार्गको गैँडाकोटदेखि नवलपरासीको त्रिवेणीधामसम्म नारायणी नदी किनारबाट बैकल्पीक मार्गको उच्च सम्भाव्यता रहेकाले सोको अध्ययन गरि काम अगाडी बढाउन सकिने भएकाले त्यसतर्फ पहल गरिदिन समेत अध्यक्ष प्रचण्डसँग अनुरोध गर्नुभएको छ ।सो अवसरमा अध्यक्ष प्रचण्डले अध्यक्ष प्रचण्डले गैडाकोट नगरको विकासका लागि आफुले पहल गर्ने आश्वासन दिनुभएको छ ।आफ्नो गृहजिल्ला चितवनसँगै जोडिएको गैँडाकोट नगरको विकासका लागि मेरो समेत दायित्व रहन्छ अध्यक्ष प्रचण्डको भनाई उद्धित गर्दे मेयर पौडेलले भन्नुभयो ।छलफलका क्रममा सहभागी भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गैडाकोट नगरको विकासका लागि आफुहरु सहकार्य गरी अगाडी बढ्न सदैव तयार रहेको बताउनु भएको थियो ।


