चितवन समाचार डटकम, ३१ जेठ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व शिक्षा मन्त्री धनिराम पौडेल ( डिआर पौडेल) को हृदयघातका कारण आज बिहान निधन भएको छ ।
चितवनको माडी स्थित आफ्नै निवासमा बिहान ६ः४५ बजे हृदयघात भई बघौडा अस्पताल पुर्याइएका नेता पौडेलको विहान ७ ः १५ बजे निधन भएको अस्पतालले जनाएको छ ।
ईमान्दार छवि बनाएका नेता पौडेल ५० बर्षका हुनहुन्थ्यो ।
पौडेलको निधनमा श्रद्धान्जली व्यक्त गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेतहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल, नारायण दाहाल लगायतका नेताहरु चितवन आउदैहुनुहुन्छ ।


