प्रधानमन्त्री ओली र फ्रान्सका समकक्षी फिलिप विच आज भेटवार्ता हुदै

काठमाडौं, ३० जेठ : 

युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुगेका हुन्। पेरिसमा बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गर्नु भएको छ ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए । राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएकाले लगानीमा जोखिम नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

स्वीट्जरल्याण्ड बेलयत हुँदै फ्रान्स पुगेका प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट