काठमाडौं, ३० जेठ :
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक जानुहुने भएको छ ।
बलेफी गाउँपालिका ६ मांखाको कुपकन्या माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार दिउँसो त्यहा जान लाग्नुभएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत मांखा पुग्नुहुने कार्यक्रम रहेको नेकपाको केन्द्रीय सदस्य माधव सापकोटाले जनाए ।
प्रचण्डसँगै सांसद तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटा पनि जानुहुने जानकारी दिइएको छ ।


