बेलायतको तिन दिने भ्रमण पुरा गरि प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै

काठमान्डौं, २९ जेठ :

युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अपरान्ह फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता भने भोलिबाट गर्नुहुनेछ । फ्रान्सका समकक्षी एडुवार्ड फिलिपसँग सम्बन्ध विस्तार तथा आपसी हितका विषयमा छलफल हुनेछ ।

भेटका क्रममा उहाँले नेपालमा लगानीका लागि फ्रान्स सरकार तथा स्थानीय उद्योगी व्यापारीलाई आह्वान गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले स्थानीय व्यापारीहरुसँग छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले फ्रान्सको राष्ट्रिय विधान सभामा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । सम्बोधनका क्रममा उहाँले नेपाल र फ्रान्सबीचको सम्बन्धबारे चर्चा गर्नुहुनेछ ।

शेयर गरौ

ताजा अपडेट