दार्चुला,२९ जेठ :
दार्चुलामा शौचालय भत्किँदा चार जनाको मृत्यु भएको छ ।
जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकी भास्सिदाँ चार बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ५ वर्षीया युनिका ठगुन्ना, अन्दाजी ७/८ वर्षीया निरुता ठगुन्ना, ८/९ वर्षीय सुदिश धामी र ९/१० वर्षीया अनुष्का धामी रहेका छन् । : कान्तिपुर


