विपन्नलाई जस्तापाता, रत्ननगरमा खरको छाना हटाइदै

चितवन २८ जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगरलाई घरको छानो मुक्त बनाउन नगर भित्रका विपन्न समुदायलाई जस्तापाता वितरण सुरु गरेको छ ।

आर्थिक अभावका कारण झुपडीमा बस्न बाध्य नगरवासीहरुलाई नगरपालिकाले निशुल्क जस्तापाता वितरण सुरु गरेको हो । नगर भित्र रहेका १६ वटै वडाका खरको छाना भएका बिपन्नहरु लाई जस्ता पाता सहयोग गरेको रत्ननगरका मेयर नारायण वनले जानकारी दिनु भयो । हामी खुसी बाढ्दै छौं उहाले भन्नु भयो त्यसका लागि जस्ता वितरण सुरु गरेका हौं । नगर भित्र २ सय ७५ घरको छाना खरको रहेको जानकारी दिनु भयो ।

यस वर्ष १ सय ४७ घरलाई जस्ता पाता वितरण गरिने र बाकी १ सय २८ घरलाई आगामी वर्ष वितरण गरिने छ । जस्ता पाता वितरण गर्न यस वर्ष करिब २४ लाख रुपैयाँ खर्च हुनेछ । मंगलवार नगरपालिकाले वडा नंं १४ लौरिघोल सुकुम्बासी बस्ती कि सरिता सुनार र वडा नंं १६ खैरेटीका बुद्धबहादुर कुमालको घरमै पुगि सहयोग गरेको थियो । कार्यक्रममा रत्ननगरका मेयर नारायण वन, प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,वडा अध्यक्षहरु बलराम दाहाल, हेमराज थापा, नगरपालिकाका प्रबक्ता राजेन्द्र हमाल, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाले बिपन्न बस्तीमा सौचालय नभएका नगरबासी सबैलाई सौचालय बनाउन आबश्यक सामाग्री निशुल्क उपलब्ध गराउने योजना रहेको मेयर वनले बताउनु भयो । साथै उहाले गरिबिका कारण बालश्रममा रहेका परिवारका लागि आयआर्जनका लागि बाख्रा वितरण र बालबालिका हरुलाई पढ्ने ब्यबस्था समेत मिलाइएको उहाले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट