चितवन, जेठ २८ ।
निर्माणाधीन रंगशालाको बारमा डोजर लगाउने कामको नेतृत्व गरेका प्रकाश कँडेलले नेकपाले आफुलाई कार्वाही गरेर अन्याय गरेको बताएका छन् ।
आज भरतपुरमा पत्रकार सम्मेलन गरी कँडेलले आफुलाई पार्टीले कार्वाही गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
जनताको आवाजलाई व्यक्तिको मुद्धा बनाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफुलाई पार्टीबाट निलम्बन गर्नु चिन्ताको विषय हो, कँडेलले भने ।
रंगाशालाको बार भत्काउनु दुःखद् भएको भन्दै सम्बन्धित पक्षले स्थानीयको आवाज नसुनेका कारण जनता आक्रोशित भएर बार भत्काएको कंडेलको दावि छ ।
उनले आफुमाथी गरिएको कार्वाही फिर्ता लिन पनि पार्टी संग आग्रह गरेका छन् । यो अन्याय पूर्ण भयो, कार्वाही फिर्ता होस् उनले भने । उनले रंगशाला निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता समेत जनाए ।


