चितवन समाचार डटकम, २६ जेठ ।
गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका प्रकाश कँडेल सहित चारजनालाई प्रहरीले रिहा गरेको छ ।
आज साँझ छुट्नेमा डोजर काण्डका मूख्य अभियुक्त भनिएका प्रकाश कँडेल सहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके रहेका छन् ।
उनीहलाई १२ दिन दैनिक हाजिर हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।
उनीहरुलाई १२ दिन पछि अभद्र ब्यवहार ऐन अन्तरगतको मुद्धाको सुनुवाई जिल्ला प्रशासन कार्यालयवाट गरिने मल्लले जानकारी दिनुभयो ।


