चितवन समाचारडटकम, २४ ।
भरतपुर महानगरपालिका वडा नम्वर १५ रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सुरक्षाका लागी आजबाट चौबिसैघण्टा प्रहरी तैनाथ गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनले आज एक विज्ञप्ती जारी गर्दै प्रहरी नायव निरीक्षकको कमाण्डमा चौबिसै घण्टा प्रहरी परिचालन गरिएको जनाएको छ ।
जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले जारी गर्नुभएको बिज्ञप्तीमा सुरक्षाको कारण देखाई निर्माणमा समस्या आएको भनी सामाजीक सञ्जाल, अनलाईन मिडिया आदीमा भ्रम सिर्जना गरिएको जनाइएको छ ।
राष्ट्रकै गौरवको आयोजना निर्माण सम्पन्न गर्न आमसमुदाय लागी परेकाबेला निर्माणमा कुनै अवरोध वा भ्रम सिर्जना गर्ने कसैलाई छुट नभएको बिज्ञप्तीमा जनाइएको छ ।
हेरौ बिज्ञप्ती



