शक्तिखोर सेनाको गण भित्र वृक्षारोपण, दुई हजार बिरुवा रोपिए

चितवन समाचार डटकम, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसर पारी चितवनको शक्तिखोरमा रहेको श्री सिंहनाथ गण ( कमाण्डो)ले वृक्षारोपण गरेको छ ।
गण परिसरमा विभिन्न फलफुल र धार्मिक दृष्टीले महत्वपूर्ण रुखका दुईहजार एकसय ४१ वटा विरुवा रोपिएको हो । लिचि, नरिवल, सुपारी, श्रीखण्ठ, रक्तचन्दन लगायतका बिरुवा रोपिएको थियो ।

नेपाली सेनाले वृक्षारोपण कार्यलाई प्राथमिकता दिनेगरी गो ग्रिन कार्यक्रम एक सिपाही एक रुख अभियाननै चलाएको गणपति प्रमुख सेनानी प्रेम हमालले बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरी, कालिका नगरपालिका वडा नम्वर ६ का अध्यक्ष बिनोद रेग्मी लगायत स्थानीय अगुवा सहभागी भएका थिए ।


वृक्षारोपणका लागी आवश्यक विरुवा र अन्य सामाग्री कालिका नगरपालिका र सिद्धार्थ बैंकले सहयोग गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट