चितवन २० जेठ । चितवनको रामपुरमा निर्माणधिन क्रिकेट रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेको १८ मध्य १४ जना तारेखमा छुटेका छन् ।
हिजोदेखि उनीहरुको मुद्दाको विषयमा छलफल गरेको प्रहरीले आज साँझ सामान्य जमानीमा तारेमा छाडेको छ । आरोपीहरुलाई थप अनुसन्धान जारी राखेर दैनिक तारेमा छाडेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिनु भयो ।
उहाले भन्नु भयो घटनामा दुइ प्रकारका मुद्दा लगाइएको थियो । अहिले छाडेका १४ जनाहरु सामान्य प्रकृतिका घटनमा संलग्न भएको अनुसन्धानले देखाएको छ । अझ उनीहरु माथि अनुसन्धान जारी छ । उहाका अनुसार जमानीमा तारेख गर्ने गरी छाडिएको हो । बार भत्काएको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको थियो ।
सोमबार साँझ छाडिएनेहरुमा तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपिन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ छन् ।
बार भत्काउन डोजर चलाउन निर्देशन दिने मूख्य योजनाकार प्रकाश कंडेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विक भने हिरासतमै रहेका छन् । उनीहरुलाई जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर थुनामा राखिएको छ । उनीहरु माथि पनि थप अनुसनधान भइराखेको प्रमुख मल्लले जानकारी दिनु भयो ।


