विश्व कप क्रिकेट अन्तर्गत आइतवार भएको पाँचौ खेलमा बंगलादेश विजयी

काठमाडौं, २० जेठ :

विश्व कपको अन्तर्गत आइतवार भएको पाँचौ भिडन्तमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ ।

बंगलादेशले पहिले ब्याटिङ गर्दै दिएको ३३१ को लक्ष्यको पिछा गर्द दक्षिण अफ्रिकी टिम ५० ओभरमा ८ विकेट गुमाउँदै ३०९ रनमा सीमित भएको हो ।

दक्षिण अफ्रिकाविरूद्ध बंगलादेशले विश्व कप इतिहासमा निकालेको यो दोस्रो जित हो। यसअघि बंगलादेशले सन् २००७ मा यस्तै जित दर्ता गराएको थियो। त्यसबेला बंगलादेशले दक्षिण अफ्रिकालाई ६७ रनले पराजित गरेको थियो ।

आईसीसी वरीयतामा दक्षिण अफ्रीका तेस्रो स्थानमा छ। जबकि बंगलादेश चार स्थान तल सातौँ स्थानमा रहेको छ । बंगलादेश यस प्रतियोगितामा जित निकाल्ने पहिलो एसियाली टिम बनेको छ । यसअघि पाकिस्तान, श्रीलंका र अफगानिस्तानले हारको सामना गर्नुपरेको थियो। बंगलादेशले तेस्रो पटक खेल जितेको हो। यसभ्दा पहिले सन् २००७ मा भारत र २०१५ मा अफगानिस्तानलाई हराएको थियो ।

शाकिब-रहिमको अर्धशतक, मुस्तफिजुरले लिए तीन विकेट लिए। दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङमा जाने निर्णय गरेको थियो । त्यसपछि बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रनको स्कोर खडा गर्योश्र उसका लागि मुशफिकुर रहिमफले ७८ र शकिब अल हसनले ७५ रन बनाए । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लेसिसले ६६ रनको पारी खेले ।

जेपी डुमिनी र एडेन मार्करामले ४५-४५ रनको योगदान दिए। बंगलादेशका लागि मुस्तफिजुर रहमानले तीन विकेट लिए ।

शेयर गरौ

ताजा अपडेट