रङ्गशाला प्रकरण : कँडेल सहित तीनजना बिरुद्ध अपराधिक उपद्र सम्वन्धि मुद्धा, तीन बर्ष जेल हुन सक्ने

चितवन समाचार डटकम, जेठ १७ ।

गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालामा लगाएको बार डोजर लगाएर भत्काएको अभियोगमा घटनाका प्रमुख योजनाकार प्रकाश कँडेल सहित तीन जना बिरुद्ध अपराधिक उपद्र सम्वन्धि मुद्धा दायर भएको छ । उनीहरुलाई जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।
यस ऐनको धारा २८५ अनुसार अभियोग प्रमाणीत भएमा अभियुक्तलाई तीन बर्षको जेल, ३० हजार जरिवाना र क्षतिपूर्ती भराउने सजाय हुनेछ ।
घटनामा संलग्न भएको अभियोगमा अन्य १५ जनालाई अभद्र ब्यबहार सम्वन्धि मुद्धा दायर भएको छ । उनीहरुलाई जिल्ला प्रशासनमा मुद्धा दर्ता गरिएको प्रहरी उपरिक्षक मल्लले जानकारी दिनुभयो ।
रङ्गशालामा डोजर लगाएको घटनाको सर्वत्र निन्दा भएको छ । सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय तह सबैले घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गर्दैआएका छन् ।

शेयर गरौ

ताजा अपडेट