गणतन्त्र दिवसको पहिलो दिन भरतपुरमा सरसफाइ (फोटो फिचर)

चितवन १४ जेठ । गणतन्त्र दिवसको अवसरमा जिल्लाका उच्च अधिकारीसहित सर्वसाधारणले भरतपुरमा सरसफाइ गरेका छन् ।
भरतपुरको गेष्ट हाउस चौरदेखि भरतपुर अस्पतालको वरीपरी सरसफाइ गरिएको हो । फोहर नफालौ तोकिएको स्थानमा राखौ सरसफाइ गरौ भन्दै फोहोर टिपिएको हो । सरसफाइ गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीले तीन दिने उत्सवमा पहिलो दिन सरसफाइ गरिएको बताउनु भयो ।
पहिलो दिन सरसफाइ, दोस्रो दिन भोली विहान चौविसकोठीबाट गेष्टहाउस चौरसम्म ¥यालीसहित प्रवचन कार्यक्रम रहेको छ । क्रियाशील राजनीतिक दलहरुले गणतन्त्र दिवसको दिन मन्तव्य राख्ने कार्यक्रम रहेको छ । पर्सी विहीबार चौविसकोठीमा रक्तदान कार्यक्रम राखिएको छ ।
आज भएको सरसफाइमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, राजनीतिक दलका प्रतिनिधिहरु, प्रदेश ३ का ट्रफिक प्रमुख नविन राईल, प्रहरी, नेपाली सेनालगायत सहभागी हुनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट