काठमाडौं, १३ जेठ :
सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई समृद्ध बनाउनेबारे सरकारले छलफल गरिरहेको बताएका छन् ।
प्रेस संगठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण समारोहमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारिता कुनै आलु प्याजको उद्योग होइन भन्दै यसलाई व्यवस्थित र मर्यादित बनाउन सरकार प्रयासरत रहेको बताए ।
संसदमा पेस भएको मिडिया काउन्सिलसम्बन्धी विधेयबारे भइरहेको विरोधतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले संविधानका मान्यताभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने स्पष्ट पारे। ‘लोकतन्त्रका संस्थापक र लोकतन्त्र ल्याउन तथा प्रेस स्वतन्त्रताकै लागि लडेका र पटकपटक गिरफ्नातरीमा परेका हामीहरू यसको विरुद्धमा जानै सक्दैनौं, मन्त्री बाँस्कोटाको भनाइ छ ।
मन्त्री बाँस्कोटाले समाचार लेखे वापत कही कसैलाई केही नहुने भन्दै सञ्चार क्षेत्रमा एक वर्षभित्र भएका गतिविधिका बारेमा रिसर्च गर्न र त्यसबारे बहस र छलफलमा बस्न आफू तयार भएको बताए ।


