राष्ट्रियसभाको बैठकमा दुई विधेयक विधायन व्यवस्थापन समितिमा सर्वसम्मति बाट स्वीकृत

काठमाडौं, १३ जेठ  :

राष्ट्रियसभाको आजको बैठकमा ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तर-सम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव सर्वसम्मति बाट स्वीकृत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ ।(रासस)

शेयर गरौ

ताजा अपडेट