नेपालमा पनि भारतमा जस्तै हिन्दुबादीहरुको बहुमत आउने : अध्यक्ष कमल थापा

काठमाडौं, १२ जेठ :

हिन्दुवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा पनि भारतमा जस्तै हिन्दुबादीहरुको बहुमत आउने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अलमल नगरी राप्रपामा गोलवद्ध आग्रह पनि गरे ।

कार्यक्रममा सिन्धुपाल्चोकबाट विभिन्‍न दलका कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष तथा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले देशव्यापी रुपमा पार्टीले सुरु गरेको संगठन सुदृढीकरण अभियानलाई अगाडि बढाउन आग्रह गरे ।

शेयर गरौ

ताजा अपडेट