चितवनको कालिका नगरपालिकामा एक व्यक्ति सुतेकै स्थानमा मृत फेला

चितवन १२, जेठ :

कालिका नगरपालिकामा एक व्यक्ति सुतेकै स्थानमा मृत फेला परेका छन् । कालिका १ डडुवाका ४८ वर्षीय कुमार श्रेष्ठ आफ्नै घरमा सुतेको अवस्थामा मृत भेटिएका हुन् ।

उनको मृत्यु शंकास्पद देखिएकाले अहिले प्रहरीले घटनस्थललाई सिल गरेर राखेको छ ।

कुकुरसहितको अनुसन्धान टोली आइपुगेपछि अनुसन्धान सुरु गर्ने जिल्ला प्रहरी कार्यलयका निरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा फुटेको इँटा फेला परेको छ। शरीरमा भने चोटपटक देखिएको छैन ।

 

शेयर गरौ

ताजा अपडेट