उपराष्ट्रपति पुन साताव्यापी भ्रमणका लागि आज अष्ट्रिया प्रस्थान, जलवायु सम्बन्धी विश्व शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौं १२, जेठ :

उपराष्ट्रपति नन्दबहादुर पुन यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन त्यस तर्फ जान लाग्नु भएको हो । उपराष्ट्रपति पुन कतार एयरवेजको विमान मार्फत बिहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नुहुनेछ ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्क्री शत्तिबहादुर बस्नेत लगायत रहेको उहाँको सचिवालयले जनाएको छ ।

अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ने कार्य तालिका छ ।

भ्रमणको क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति पुन भियना अन्तर्राष्टिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।

सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिक केन्द्रको रुपमा रहेको छ । अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रिया स्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणको क्रममा उहाँले अष्ट्रियामा रहेका नेफाली समुदायसाग अन्तरक्रिया गर्ने कार्यत्रम रहेको छ ।

उपराष्ट्रपति पुन भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्कने कार्यतालिका छ ।

शेयर गरौ

ताजा अपडेट