गोन्द्राङको ढाट सार्ने प्रकृया अगाडि वढ्यो, नसर्दासम्म शुल्क नलिन माग

चितवन ९ जेठ । भरतपुरको गोन्द्राङमा रहेको सडक वोर्डको दस्तुर उठाउने ढाट सार्ने प्रकृया अगाडि वढेको छ ।
केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय चितवनमा सर्वपक्षिय वैठकपछि उपयुक्त स्थानमा ढाट नभएकाले सार्ने सहमती भएको थियो । सोही सहमती अनुसार सम्वन्धित निकायमा प्रकृया अगाडि वढाएकाले सार्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिनु भयो । सहमती अनुसार राप्ती नगरपालिकाको भण्डारा नजिकैको राजमार्गमा राख्ने भएको छ ।
ढाटले पूर्वी चितवनका स्थानीयलाई सवै भन्दा धेरै असर गरेकाले स्थानान्तरण नहुदासम्म शुल्क लिन नपाइने आफूले माग राखेको नेकपाका जिल्ला अध्यक्ष यमवहादुर परियारले जानकारी दिनु भयो । भरतपुर आउदा जाँदा ढाटमा रहेका कर्मचारीले शुल्क लिने गर्दा स्थानीयलाई धेरै समस्या भएको गुनासो आफूले धेरै पटक सुनेको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारीलाई जनताको मागलाई ध्यान दिएर तत्काल नसर्दासम्म शुल्क नलिनको लागि आफूले भनेको बताउनु भयो ।
पूर्वी चितवनका स्थानीयहरुले पटकपटक ढाटका कर्मचारीबाट हुने अभद्र व्यवहार र भरतपुर आउदा जादा शुल्क तिर्नु पर्ने भन्दै विरोध जनाएका थिए । कर उठाउने ढाट जिल्लाको सुन्य स्थानमा राख्नु पर्ने प्रावधान रहेको छ । सोही अनुसार कार्यान्वयन नभएको भन्दै विरोध जनाउदै आएका छन् । गएको ३ गतेपनि स्थानीयले ढाटमा आगजनीको प्रयास गरेका थिए ।
ढाट अन्य स्थानमा राख्नु पर्ने माग राख्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जिल्ला प्रशासन कार्यालयलाइ ज्ञापन पत्र समेत दिनु भएको थियो । स्थानीयले गरेको मागलाई अटेर गरेको भन्दै जेठ ३ गते कर संकलन गर्ने वुथमा आगजनीको प्रयास भएको थियो । सो क्रममा प्रहरी कल्पना पौडेल घाइते भइ उपचार भइराखेको छ । उहाको स्वास्थ्य अवस्था सुधार हुदै गएको अस्पतालले जनाएको छ । उहाको चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ । आगजनीको प्रयासमा सम्लग्न भएको भन्दै केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

शेयर गरौ

ताजा अपडेट