कोरिया सरकारको सहयोग ः स्कुल अफ हेल्थ साइन्समा नयाँ प्रविधिको बास्केटबल कोट निर्माण

चितवन ८ जेठ । स्कुल अफ हेल्थ साइन्स भरतपुरमा नेपालमानै पहिलो पटक नयाँ प्रविधिको बास्केटबल कोट निर्माण गरिएको छ ।
दक्षिण कोरियाली सरकार कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोगको सहयोगमा निर्माण भएको कोटमा बास्केटबल, व्याडमिन्टन, भलिवल खेल्न सकिन्छ । कोरियाली सरकारले एयरकण्डिन, मल्टिमिडिया बास्केटबल गरी ४२ हजार तीनसय ८७ डलरको लागतमा निर्माण गरेको हो । कोटमा विशेष प्रकारको प्लास्टिक ओछ्याइएको छ । यो प्रविधि कोरिया र अन्य देशहरुमा प्रयोग हुदै आएको छ ।
तर नेपालमा भने यहाँ मात्र प्रयोग भएको स्कुल अफ हेल्थ साइन्सका प्रमुख रमन कुमार मेहताले जानकारी दिनु भयो । रंगिन प्लास्टिक जस्तो देखिने सामग्रीले कोटलाई ढाकिएको छ । घाम पानीले पनि असर नगर्ने भएकाले यहाँ प्रयोग गरिएको उहाले जानकारी दिनु भयो । कोट निर्माणपछि विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गर्न धेरै मद्यत पुगेको प्रमुख मेहतले बताउनु भयो ।


कोटको आज एक कार्यक्रमका बीच कोइका नेपालका व्यवस्थापक हायोङ संगले उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै उहाले शैक्षिक क्रियाकलापमा कोरियाले सहयोग गर्ने जानकारी दिनु भयो । यसले धेरै ठुलो प्रभाव नपरेपनि शैक्षिक क्रियाकलापमा केही मद्यत पुग्ने विश्वास लिएको बताउनु भयो । आउदा दिनमा पनि नेपाल र कोरिया बिच सहयोगको सम्वन्ध रहने धारणा राख्नु भयो ।
उद्घाटन अघि कोरियन प्रतिनिधिहरुलाई स्कुल अफ हेल्थ साइन्सेसले स्वागत गरेको थियो । कार्यक्रममा शिक्षालयका प्रमुख मेहताले सस्थाको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । शिक्षालयमा कोरियन सरकारले विगतदेखिनै सहयोग गर्दै आएको जानकारी गराउनु भयो । तत्कालिन अवस्थामा निर्माण गरेको भौतिक संरचनाले अहिले सुविधा दिन नसकेको भन्दै सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
शिक्षालयमा क्यान्टिन, छात्रावासको लागि भवन, कर्मचारी आवास भवन लगायतको असुविधा रहेको जानकारी गराउनु भएको थियो । केरियन प्रतिनिधि दयाले शैक्षिक प्रगतीको लागि सरकारले आवश्यक सहयोग गर्दै आएको बताउनु भयो । शिक्षालयका फार्मेसी विभागीय प्रमुख हरिश थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट