लमजुङ ५ जेठ । विषालु च्याउ खाँदा लमजुङ क्व्होंलासो थर गाउँपालिका ९ स्थित एकै परिवार का २ जनाको ज्यान गएको छ। २ जना भने सिकिस्त बिरामी परेका छन्। गत वैशाख २६ गते साँझ परिवार का ४ जनाले च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए। ज्यान गुमाउनेमा १० वर्षीय साजन क्षेत्री र १२ वर्षीय मन्तेस क्षेत्री रहेको परिवारका अन्य सदस्यले जानकारी दिए।उक्त दिन सूर्यबहादुर क्षेत्रीले वनमा फलेको च्याउ ल्याएका थिए। च्याउ सूर्यबहादुर, उनकी श्रीमती सरीता, कान्छा छोरा मन्तेस र उनका भाइका छोरा साजनले तरकारी खाएका थिए। २६ गते साँझ च्याउको तरकारी खाएका उनीहरुलाई २७ गते बिहानदे खि पखाला लागेको थियो। बर्बराउने र बेहोसको स्थितिसम्म पुगेको सूर्यबहादुरका भाइ कुलबहादुरले सुनाए।
तत्कालै उपचारका लागि गण्डकी मेडिकल कलेज (जिएमसी) पो खरा ल्याइएको थियो। २९ गतेसम्म जिएमसीमै उपचार भइरहे पनि अवस्था जटिल देखेपछि थप उपचारका लागि भन्दै काठमाडौं कंलकीस्थित नेपाल नेसनल हस्टिपल रिफर गरिएको थियो। सिकिस्त बिरामी परेका साजनलाई वैशाख ३१ गते डाक्टरहरुले उपचार सम्भव नहुने भनेपछि घर नै फिर्ता पठाएका थिए। उनको जेठ १ गते मृत्यु भएको जनाइएको छ। मन्तेसलाई समेत डाक्टरले उपचार नलाग्ने सुनाएपछि घर पठाइएको थियो।