भरतपुर अस्पतालमा पिआइसीयु स्थापना गर्ने छु ः मेसु डाक्टर बगाले

चितवन समाचार डटकम
चितवन, २ जेठ । भरतपुर अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरिन्टेन्डेण्टमा डाक्टर विश्वबन्धु बगालेले अस्पतालमा पिआइसीयु सेवा शुरु गर्ने बताउनु भएको छ ।
हिजो नियुक्त हुनु भएका डाक्टर वगालेले पदभार ग्रहणपछि चितवन समाचार डटकमसंग कुरा गर्दै अस्पतालमा छिट्टै बालबालिकाको लागि सघन कक्ष स्थापना गर्ने जानकारी दिनु भयो । जन्मनेवितिकैको बालबालिकाको लागि एजआइसीयु र ठुलाको लागि आइसियु भएपछि जन्मेको २९ दिनपछि १४ वर्षसम्मका लागि पिआइसियुको अभावलाई अस्पतालले पूरा गर्ने जानकारी दिनु भयो ।
आफ्नो कार्यकालमा कम्तीमा पनि ५ वेडको पिआइसीयु स्थापना गर्नको लागि आफूले प्रयास गर्ने बताउनु भयो । बालरोग विशेषज्ञ समेत रहनु भएका बगालेले अस्पतालको अन्य विकासको विषयमा गहन तरिकाले अध्ययन गरेर काम गर्ने बताउनु भयो ।
स्वास्थ्य मन्त्रालयले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै प्रा.डा. कृष्णप्रसाद पौडेललाई हटाएर बालरोग विशेषज्ञ डाक्टर बगालेलाई मेसुको जिम्मेवारी दिएको थियो । डाक्टर पौडेलले ६ महिना मात्रै अस्पतालको मेसु भएर काम गर्नु भयो । नव नियुक्त मेसु वगाले ७ वर्षदेखि बाल रोग विशेषज्ञका रुपमा काम गर्दै आउनु भएको छ । डाक्टर बगाले २०५३ को एसएलसी वोर्ड प्रथम हुनु भएको हो । उहाले यस अगाडि कान्ती बाल अस्पताल काठमाण्डौमा काम गरिसक्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट