मेघौली विमान स्थललाई विस्तार गर्न समिति गठन, दुइहजार मिटर लम्वाइ बनाउन सकिने

चितवन १ जेठ । चितवनको मेघौली विमान स्थललाई विस्तार गर्नको लागि पहल शुरु भएको छ ।
भरतपुर विमान स्थलमा ठुला जहाज आउन नसक्ने र यसलाई विस्तार गर्न समस्या भएपछि बैल्पिक विमान स्थलको रुपमा मेघौलीलाई लिएको हो । अहिले रहेको धावनमार्गले ठुला जहाज अउन नसक्ने भएपछि विस्तार गरेर ठुला जहाज ल्याउन मिल्ने गरी निर्माण गर्न अध्ययन समिति गठन भएको हो ।
आज भरतपुर महानगरपालिकाको प्रमुख, भरतपुर विमान स्थलका प्रमुख, महानगरको वडा अध्यक्ष लगायत सरोकारवाला बिच छलफल भएर समिति गठन गरेको छ । महानगरपालिका वडा नं. २७ मा पर्ने विमान स्थललाई विस्तार गरेर ठुला जहाज ल्याउनको लागि जग्गा व्यवस्थापन गर्न सकिने भएकाले पहल थालिएको वडा अध्यक्ष गोविन्द तामाङले जानकारी दिनु भयो ।
तामाङकोको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । भरतपुर विमान स्थलको धावन मार्गलाई विस्तार गर्नको लागि अहिले समस्या भएको छ महानगरपालिकाकी प्रमुख रेनु दाहालले भन्नु भयो । वडाबाट एउटा अध्ययन टोली गठन गरौ भनेपछि प्रारम्भिक रुपमा समिति गठन गरिएको छ । वडा स्तरीय समितिले केही अध्ययन गरेर रिपोर्ट ल्याएपछि छलफल गर्न सकिन्छ उहाले भन्नु भयो ।
भरतपुरलाई विस्तार गर्न सकिएन भने मेघौली बैकल्पिकको रुपमा लिन सकिन्छ तर यसको अध्ययन विस्तृत रुपमा हुनु पर्दछ प्रमुख दाहालले भन्नु भयो । ठुला जहाज ल्याउन र पछि रात्रीकालिन सञ्चालन गर्नको लागि पनि हेर्नु पर्ने हुन्छ । यसको लागि धेरै जग्गा र सञ्चालन गर्न सकिने अवस्थाको विषयमा ध्यान दिनु पर्ने उहाले बताउनु भयो ।
भरतपुर विमान स्थलका प्रमुख पवन गौतमले भन्नु भयो मेघौली एयरपोर्ट विस्तार गर्न सकिए ठुला जहाज ल्याउन सकिन्छ । ७२ सिट क्षमताको जहाज अवतरण गर्नको लागि कम्तीमा १५ सय मिटर धावन मार्ग चाहिन्छ उहाले भन्नु भयो मेघौलीलाई अव पाँचसय मिटर लम्वाइ वनाए पुग्छ । भरतपुर विमान स्थलमा १२ सय मिटर धावनमार्ग छ । यसलाई अब पाँचसय मिटर वनाए यही ठुला जहाज आउन सक्छन तर यहाँ विस्तार गर्न आर्मी व्यारेकले समस्या छ ।
मेघौली विमान स्थलको कुल लम्वाइ अहिले एकहजार मिटर छ । यसको लम्वाइ दुइहजार मिटर वनाउन सकिने सम्भवान प्रसस्त रहेको वडा नं २७ का अध्यक्ष गोविन्द तामाङ बताउनु हुन्छ । अहिलेको विमान स्थलको पश्चिम तर्फको जग्गा सामुदायिक र मध्यवर्ती वनको छ त्यसलाई मिलाउन सकिन्छ उहाले भन्नु भयो । चौडाइ चारसय मिटर र लम्वाइ दुइहजार मिटर वनाउन सकिने अवस्था छ उहाले भन्नु भयो यतँी गर्न सकिएमा ठुला जहाज ल्याउन सकिन्छ ।
आज भएको छलफलमा प्रदेश संसद कृष्ण भुर्तेल, महानगर प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, वुद्ध एयर भरतपुरका प्रमुख भक्तवहादुर बस्नेत, पर्यटक समितिका महासचिव विश्व सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट