चितवन, ३१ बैशाख । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारितालाई थप व्यवस्थित बनाउन ल्याएको विद्ययक फिर्ता नहुने बताउनु भएको छ ।
नेपाल टेलिकमले चितवनको सौराहामा ल्याएको एफटीटीएच सेवाको मंगलबार उद्घाटन गर्दै बाहिर आए जस्तो समस्या विद्ययकमा नभएको बताउनु भयो । उहाले भन्नु भयो ‘सरकारले ल्याएको मिडिया काउन्सील विधेयक फिर्ता हुदैन तर आवश्यक परेमा संसोधन हुन सक्छ ।’
छाडापन देखिएको पत्रकारितालाई व्यवस्थित पार्न खोजेकाले केही अत्तालिएको मन्त्री बास्कोटाले बताउनु भयो । स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम सरकारले गर्दैन उहाले भन्नु भयो ‘पत्रकारको खोल ओढेर आतंक फैलाउनेमाथि कानुनी कारबाही भने हुन्छ यो हेक्का राखे हुन्छ । ’
पत्रकारको न्युनतम पारिश्रमिक, समानुपातिक विज्ञापन प्रणालीलगायत आर्थिक स्वतन्त्रताको कुरा विधेयकमा उल्लेख गरिएकाले प्रमाणसहित समाचार लेख्दा पत्रकारलाई अप्ठेरो नपर्ने मन्त्री बास्कोटाको भनाइ थियो । नेपालसहित अन्तरराष्ट्रिय अनुभव, प्रणाली र व्यवस्थालाई पनि मध्यनजर गरी सरकारले सबै क्षेत्रलाई समयसापेक्ष व्यवस्थित बनाउने अभियान अन्तर्गत विधयक आएको बताउनु भयो ।
शान्ति सुरक्षालाई नै चुनौती दिने गरी सामग्री आउने गरेको छ उहाले भन्नु भयो पहिला हाम्रो देश हो अनी हामी हौ यस्ता विषयमा पत्रकारले ध्यान दिनु पर्दैन । प्रेसमाथि नियन्त्रण हुँदैन, नियमन हुन्छ डराउन पर्दैन । ’
मन्त्री बास्कोटाले सरकारले समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेकाले परिणामका लागि केही समय धैर्य गर्नुपर्ने बताउनु भयो । उहाले दृढ संकल्प, इच्छाशक्तिका साथ के गर्ने, कहिले गर्ने, कसरी गर्ने, कहाँ गर्ने लगायत विषयमा स्पष्ट रहेकाले एक दिन नयाँ नेपालको वास्तविक चित्र संसारलाई देखाउने विश्वास व्यक्त गर्नु भयो ।


