चितवन २९ बैशाख । सहयोग रकम उठिरहे आउदो पुस महिनाबाट गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन गर्न सकिने गरी तयारी अगाडि वढेको छ ।
रंगशाला निर्माणको काम अहिले द्रुत गतीमा वढेकाले आउदो पुस महिनाबाट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी काम सम्पन्न हुने भरतपुरमा आज सिताराम कट्टेल धुर्मुसले जानकारी दिनु भयो । चितवनका पत्रकारहरुसंग अन्तरक्रिया गर्दै सहयोग रकम उठ्न कठिन भएको बताउनु भयो ।
हरेक नेपालीको आफ्नो रंगशालको रुपमा रहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि अहिले एकसय भन्दा धेरैजनाले काम गरिराखेको जानकारी दिनु भयो । पिच निर्माणको लागि माटो, दुवो उमार्ने प्रसोधन गर्ने काम धमाधम भइराखेको छ । उहाका अनुसार आउदो साउन महिनासम्म डिपिआरको काम सकिने र भदौबाट निर्माणको काम शुरु हुने छ ।
अहिलेसम्म विभिन्न माध्यमबाट ६ करोड ५० लाख दिने घोषणा भएको धुर्मुसले जानकारी दिनु भयो । घोषणा गरे अनुसारको रकम उठ्न समस्या भएको छ उहाले भन्नु भयो जुन उत्साह र चर्चा छ त्यही अनुसार रकम भने उठ्न सकेको छैन । घुर्मुसले बनाउन लागेको हो उसैले गर्छ भन्ने सोचाइ भए त्यो त्यग्न अनुरोध गर्नु भयो । चितवनको गौरभ नेपालीको पहिचान रंगशाला भएकाले यहाँका हरेक निकायले सहयोग समिति गठन गरी निर्माणको लागि सहयोग गर्न अनुरोध गर्नु भयो ।
सहयोग ग¥यो पछि नबन्ला भन्ने सोचाइ भए त्यसलाई हटाएर निर्धक्कसंग सहयोग गर्न अनुरोध गर्नु भयो । तोकिएको सयममा निर्माण सम्पन्न गर्नको लागि आफूले मेहनत गरेको जानकारी दिनु भयो । रंगशाला निर्माणमा भ्रष्टाचार, कमिसन ढिलासुस्ती केही पनि नभएको उहाको भनाइ छ । जेठ महिनाभित्र मैदान तयार हुने र असारपछि मैदानमा अन्य काम गर्ने जानकारी दिनु भयो ।
खेल्नको लागि पिच तयार भएपछि खेलाउदै अन्य भौतिक निर्माणको काम शुरु गर्ने योजना रहेको धुर्मुसले जानकारी दिनु भयो ।


