सिन्धुपाल्चोक, २८ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताउनु भएको छ ।
सिन्धुपाल्चोकको हरिसिद्धि क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले पार्टी चलाउन सबैको सहयोग आवश्यक हुनेमा जोड दिनु भयो । एक्लैले सस्था चलाउन सकिदैन त्यसैले सहयोग खोज्ने वानी बसाल्नु पर्ने उहाको भनाइ थियो । कार्यक्रममा उहाले अवको युग प्राविधिक विषयको भएकाले यसैमा केन्द्रीत गरी शैक्षिक कार्यक्रम चलाउनु पर्ने सुझाव दिनु भयो ।
सो अवसरमा प्रदेश नं ३ का वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले जिल्लालाई शैक्षिक क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा पनि अगाडि बढाउनुपर्ने बताउनु भयो ।


