भरतपुरकाे पुँगी खोला व्यवस्थापनका लागि ५० करोड माग

चितवन, २७ बैशाख ।
भरतपुर महानगरमा रहेकाे पुँगी खोला व्यवस्थापनका लागि ५० करोड माग गरिएको छ । निर्वाचन क्षेत्र २ प्रदेश निर्वाचन क्षेत्र (ख) को शुक्रबार वसेको वैठकले यस खेलामा तलाउ निर्माण सहित अन्य व्यवस्थापनका लागि ५० करोडको योजना अघि सारिएको प्रदेश सांसद विजय सुवेदीले बताए ।

त्यस्तै यसै वडा नम्बर १०, ११ र १२ मा पानी शुद्धिकरण तथा ढल व्यवस्थापन र भरतपुर अस्पताल र जेलमा हुने पानी जम्ने समस्या समाधान हुने गरी १० करोड रुपैयाँको योजना अघि सारिएको छ । त्यस्तै १० करोडको अर्को आयोजनामा पुल्चोक, बाह्रघरे, शिवघाट हुँदै त्रिवेणीचोकबाट गीतानगर निस्कने १६ मिटरको बाटो रहेको छ । यस सडकको डिपिआर भइसकेको छ ।

भरतपुर केन्द्रीय वसपार्कबाट बोहरा मार्ग गणेशस्थान हुँदै आँपटारीका लागि १० करोड माग गरिएको छ । वाइपास सडक पनि व्यस्त रहने हुनाले भित्रि सडक १६ मिटरको २ लेन बनाउन लागिएको सांसद सुवेदीले बताए ।

प्रदेशको गौरव

प्रदेश निर्वाचन क्षेत्रबाट माग गरिएका योजनाहरु प्रदेशको गौरवका रुपमा रहने सांसद कृष्णभक्त पोखरेलले बताए । प्रदेश निर्वाचन क्षेत्रमा विभिन्न समस्याहरु रहेको भन्दै सांसद पोखरेलले योजनावद्ध रुपमा प्राथमिकताका आधारमा गरिनुपर्ने बताए ।

भरतपुर क्षेत्र पानी जम्ने क्षेत्रका रुपमा रहेको भन्दै उनले ढल व्यवस्थापन मुख्य चुनौती रहेको बताए ।

शेयर गरौ

ताजा अपडेट