हिरासतमा रहेका व्यक्ति झुण्डिएपछि रत्ननगर प्रहरी कार्यालयमा तनाब

चितवन, २६ बैशाख । चोरीको केसमा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका युवक झुण्डिएपछि तनाव भएको छ ।

चोरीको विषयमा कालिका नगरपालिका वडा नंं १ का २४ वर्षिय समिर घिसिङ हिरासत भित्रको शौचालयमा पासो लगाएर झुण्डिएपछि स्थानीयले कार्यालयमा आक्रमण गरेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार चोरीको विषयमा हिजो विहान ११ बजे नियन्त्रणमा लिएको युवक आज साँझ ८ बजे शौचालयको डण्डीमा सर्टको पासो लगाएर झुण्डिएका थिए । झुण्डिने प्रयास गर्दा गर्दै थाहा पाएर तत्काल उपचारको लागि भरतपुर पठाएको प्रहरी कार्यालय्ले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । राति १० बजेसम्म आफन्तले इलाका प्रहरी कार्यालय बाहिर प्रदर्शन गरी राखेको प्रहरीले जनाएको छ । प्रहरीले बल प्रयोग गरी राजमार्गको अबरोध हटायको थियो ।

प्रहरी कार्यालय तोडफोडमा सम्लग्न भयको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । घिसिङ पटके चोरीको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ । घाइते घिसिङको अस्पतालमाा उपचार भइराखेको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट