समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौ २४ बैशाख । समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएर बनेको समाजवादी पार्टीले एकीकरण घोषणाको एक दिनपछि नै आज बैठक बोलाएको हो ।

दुई पार्टीमा कायम केन्द्रीय सदस्य स्वतः नयाँ पार्टीको समेत सदस्य भएपछि समाजवादी पार्टीको केन्द्रीय समिति ३ सय भन्दा बढी सदस्यको बनेको छ ।

काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा दिउँसो एक बजेपछि बस्ने बैठकमा पार्टीको भावी रणनीति, संगठन, जिम्मेवारी लगायतबिषयमा छलफल सुरु हुनेछ । बरिष्ठ नेता अशोक राईले सहमति हुन बांकी पार्टीको झण्डा र चुनाव चिह्नका बिषयमा आजको बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

झण्डा तात्कालिन फोरम नेपालको र चुनाव चिह्न नयाँ शक्तिको राख्ने बिषयमा अनौपचारिक छलफल भएपनि यसलाई लेनदेनको बिषयमा भने नबनाउने राईको भनाई छ ।

आजको बैठकमा सरकारमा सहभागीताको बिषयबारे समेत कुराकानी हुनेछ ।

शेयर गरौ

ताजा अपडेट