काठमाडौैं २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमबाट ‘मेरो सरकार’ भाषा हटाउनुपर्ने बताएको छ।
शनिबार बसेको संसदीय दलको बैठकपछि सचेतक बालकृष्ण खाणले नेपाल सरकारको ठाउँमा मेरो सरकार प्रयोग गरिएकोमा भाषा सच्याउनुपर्ने बताउनु भयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम पढ्दा मेरो सरकार भनेपछि आलोचना भइराखेको छ।सरकारले राष्ट्रपतिलाई कार्यकारीजस्तो भुमिका दिएको पनि कांग्रेसको आरोप छ।
यस्तै कांग्रेसले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना दर्ता गराएको छ। संघीयता कमजोर गराउन केन्द्र सरकारले प्रदेशलाई कमजोर बनाउन खोजेको, समृद्धिका लागि कार्यक्रमगत प्रष्टता नभएको भन्दै संशोधनको माग गरिएको हो।


