काठमाडौं, २० बैशाख । प्रहरी प्रधान कार्यालयले रौतहटको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई निलम्बन गरेको छ । बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको हो ।
चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले जानकारी दिएको छ । नेपाल प्रहरीभित्र ढुंगेल निकै विवादित नाम हो ।
उनी जहाँ जान्छन्, त्यहाँ एउटा न एउटा ताण्डव देखाउँछन् । काठमाडौंमा हुँदा पनि उनको डनहरुसँग हिमचिम थियो ।


