राजकीय भ्रमण छोट्टायर राष्ट्रपति भण्डारी आज स्वदेश फर्कंदै

चीन, १८ बैशाख । मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदैछिन् । ९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लाग्नु भयको हो  ।

स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी एक दिन अगावै स्वदेश फर्कन लागेको स्रोतले जनाएको छ । उहा वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् । ९ दिने भ्रमण पूरा गरी उनी वैशाख १९ गते अर्थात भोलि स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । हिजो ल्हासा पुगेकी उनी आज ल्हासाबाट सोझै काठमाडौं आउन लागेको जनाइएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनु भयको थियो । उहाले चिनियाँ समकक्षी सि चिनफिङसँग दुई पक्षीय भेटवार्ता समेत गर्नु भयको थियो ।  भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

शेयर गरौ

ताजा अपडेट