चितवन १७ वैशाख । अन्तरराष्ट्रिय गुणस्तरको उत्पादन गर्न नसक्दा नेपाली सामग्री विदेश निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।
नेपालमा उत्पादन भएका सामग्रीहरुले अन्तरराष्ट्रिय बजारमा राम्रो बजार पाउने सम्भावना हुदा हुदैपनि गुण्स्तारीयताको कारणले विदेश जान नपाएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा चितवनको सौराहामा भएको कार्यक्रममा यस्तो चिन्ता गरिएको हो ।
कार्यक्रममा व्यापार तथा निकासी प्रर्वधन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनालले अन्तरराष्ट्रिय बजारमा थोरै मात्र नेपाली सामग्रीले प्रतिष्पर्धा गरेको बताउनु भयो । कृषिजन्य सामग्रीले अहिलेपनि थोरै मात्र विदेश निर्यात भएको छ उहाले भन्नु भयो यहाँ सस्तोमा बिक्री हुने तरकारीहरु अन्तरराष्ट्रिय बजारमा जान सक्दैन कारण गुणस्तरीयता कम छ ।
स्टोर गरेर राख्न सक्ने व्यवस्था नहुदा पनि कृषि उत्पादनहरु लामोसमय राख्न नसक्दा वार्षिक अर्बौ रुपियाँ घाटा भइराखेको उहाले जानकारी दिनु भयो । वार्षिक अर्बाैको वस्तु आयात गर्न नेपाल अहिले बाध्य छ । आयातमुखी हुदा नेपालको अर्थतन्त्र ओरालो लाग्दै गएको छ । आयातलाई प्रतिस्थापन नगरेसम्म मुलुकमा समृद्धी आउन नसक्ने सहभागीहले बताएका छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट अहिले कृषि जन्य सामग्रीमा चिया, अदुवा र जडीवुटी विदेश निर्यात भएको छ । गैर कृषिमा नेपाली धागो, गलैचा, तयारी पोशाक, पस्विना सामग्री विदेश गएका छन् । यी भन्दा बाहेक जडीवुटीहरुपनि विदेश गएको खनालले जानकारी दिनु भयो ।
प्रदेश सांसद कृष्णप्रसाद खनालले नेपालको समृद्धीको आधार कृषि, उर्जा र पर्यटन रहेको उल्लेख गर्दै यी तीन क्षेत्रमा सरकारले प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । नेपाल उत्पादनको हिसाबले उर्वर भूमि भएपनि त्यसको अझै सदुपयोग गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । नेपाली उत्पादन सामग्री विदेशमा निर्यात गर्न सरकारले नै पहल गर्नु पर्ने बताउनु भयो । आयातमुखी अर्थतन्त्रलाई विस्थापन नगरेसम्म मुलुकले प्रगती गर्न नसक्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञानवहादुर विसुरालले नेपालबाट धेरै वस्तुहरु निकासी गर्न सकिने भएपनि नितिगत समस्या रहेको वताउनु भयो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले कृषि उत्पादनमा चितवनले प्रगती गरेको जानकारी दिनु भयो । उहाले भन्नु भयो पोल्ट्री, केरा, मह र माछामा अव्वल रहेको छ । यहाँ उत्पादन भएको सामग्रीलाई राष्ट्र अन्र्तराष्ट्रसम्म व्यापार गर्ने वातावरण तयार गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहलगयातले मन्तव्य राख्नु भएको थियो ।


