काठमाडौं, ९ वैशाख :
तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ । सोलुबाट मन्थली पुगेको विमान सोमबार बिहान करीब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
तर, दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ । 9Mkk कल साइनको विमानमा १४ यात्रु सवार थिए ।
रामेछाप उड्न लागेका बेला धावनमार्गबाट बाहिर चिप्लिँदा अन्य जहाजमा समेत क्षति पुगेको थियो ।


