काठमाडौं, ९ वैशाख :
भारतमा जारी आई पी एल क्रिकेटमा आज एक मात्र खेल हुँदै छ ।
आजको खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार राति ८ : १५ बजे जयपुरको स्टेडियममा हुनेछ । प्रतियोगितामा दिल्ली १२ अङ्कसहित तेस्रो स्थानमा छ भने ६ अङ्कसहित राजस्थान अन्तिमबाट दोस्रो स्थानमा रहेको छ ।
इन्डियन प्रिमियर लिग (आई पी एल) क्रिकेटअन्तर्गत हिजोको खेलमा हैदरावाद र बैँगलोरले जित हात पारेका छन् ।


