धादिङ ,बैशाख ८ –
धादिङको वेनिघाटमा यात्रुवाहक बस दुर्घटना हुदा २ जनाकाे मृत्यु भएको छ । तीर्थयात्री बोकेर काठमाडौँबाट मनकामना जाँदै गरेको बा ४ ख १४२५ नम्बरको बस धादिङको वेनिघाट राेराङ गाउँपालिका वडा नम्वर ३ सलाङघाटमा दुर्घटना भएको हाे । दुर्घटनामा १० जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा दोलखाका हरिवंश केशी र दोलखाकै पार्वती बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएकाहरुको मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। मनकामना जानका लागि रिजर्भ गरिएको सो बसमा २८ जना यात्रु रहेकाेे प्रहरीले जनाएको छ ।


