चितवन समाचार डटकम, ८ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा भोली बैशाख ९ गते पार्टीको ७० औं स्थापना दिवस कार्यक्रम आयोजना गरिएको छ ।
केन्द्रीय सचिवालयको आयोजनामा भोली दिनको १२ बजे प्रज्ञाभवन, कमलादीमा कार्यक्रम तय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका तल्ला तहको एकता घोषणा नामावली सार्वजनिक गर्ने तयारी छ । जिल्ला तहको एकता टुग्याउन शीर्ष नेताहरुवीच आज निर्णायक छलफल चल्दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा निर्णयक छलफल हुन लागेको नेताहरुले वताएका छन् । छलफलमा मुख्य चार नेतामात्रै सहभागी हुने भएका छन् । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलवीच निर्णायक छलफल हुन लागेको हो ।


