नवनियुक्त पाँचजना न्यायधिसको आज सपथ ग्रहण

काठमाडौं, ८ बैसाख ।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त पाँच न्यायाधीशहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीको समुपस्थितीमा प्रधानन्याधिस चोलेन्द्र शमशेर जबराले सपथ गराउने कार्यक्रम छ । राष्ट्रपति भवन शितलनिवासमा एक समारोहबीच न्यायाधीशहरुको शपथ हुँदैछ ।
संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले न्यायाधीश नियुक्त गर्नुभएको थियो । सर्वोच्चमा प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मालाई न्यायाधीशमा नियुक्त गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट